गोरखाका ६ वडामा मिश्रित नतिजा; डा. भट्टराईको वडामा जसपाको प्यानल नै विजयी 

पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको वडामा जसपाको प्यानल नै विजयी भएको छ ।

पालुङटार नगरपालिका १ मा जसपाका कृष्णबहादुर परियार अध्यक्षमा विजयी भएका हुन् । योसँगै गोरखाका ६ वडाको नतिजा सार्वजनिक भएको छ जसमा कांग्रेसको तीन, माओवादीको २ तथा जसपाले एक वडामा प्यानल नै जितेको हो ।

गोरखा नगरपालिका १ मा हिक्मतबहादुर कुँवर र २ मा रहमतुल्ला मियाँ नेपाली कांग्रेसबाट विजयी भएका छन् भने बारपाक सुलिकोट गाउँपालिका १ मा पनि कांग्रेसबाटै धनबहादुर घले विजयी भए ।

त्यस्तै, अजिरकोट गाउँपालिका १ मा मनोज गुरुङ र धार्चे १ मा रामसिंह गुरुङ माओवादीबाट विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *