दिल्लीको मुण्डकास्थित चारतले भवनमा आगलागी, २७ जनाको मृत्यु

काठमाडाैँ । दिल्लीको मुण्डका क्षेत्रमा शुक्रवार साँझ चारतले भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

दिल्लीका जिल्ला प्रहरी उपायुक्त समीर शर्माले घटनाबारे पुष्टि गरेका हुन् । भवनमा लागेको आगो नियन्त्रण गरी घाईतेहरुको सञ्जय गान्धी र दीनदयाल उपाध्याय अस्पतालमा उपचार भइरहेको छ । आगलागी भएको भवनमा ७० जना रहेको अनुमान गरिएको छ ।

भारतको नागरिक रक्षा विभागले गान्धी अस्पतालभित्र हेल्प डेस्क खडा गरेको छ । हेल्प् डेस्कका अनुसार हालसम्म १९ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४ जना पुरुष र १५ जना महिला रहेका छन् । बेपत्ता भएका १९ जना मुण्डकको सोही भवनमा काम गर्ने जानकारी प्राप्त भएको छ ।

सर्ट सर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ । घटनामा मृत्यु हुनेप्रती भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । -बिबिसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =