डोल्पाको त्रिपुरासुन्दरी–१ मा एमालेका रामचन्द्र कुलाल विजयी

सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा नेकपा एमालेबाट रामचन्द्र कुलाल विजयी भएका छन् । कुलालले नेकपा माओवादी केन्द्रका हेमराज हमाललाई हराउँदै वियजी बनेका हुन् ।

निर्वाचन आयोग नेपालका अनुसार कुलालले २६७ मत पाएका छन् भने हमालले २२७ मत पाएका छन् । नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार राजीमान सार्कीले १७२ मत प्राप्त गरेका छन् ।

यस्तै, वडा सदस्यमा एमालेबाट झलक बुढा २५३ मत, नेपाली कांग्रेसका ज्ञानबहादुर बुढाले २३४ मत, महिला सदस्यमा नेकपा माओवादी केन्द्रबाट भाम्मामाया उखेडाले २२० र र दलित महिला सदस्यमा नेकपा एमालेबाट विष्णु नेपालीले २१८ मत ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *