धनगढीमा हमालको अग्रता कायमै, पछ्याउँदै गठबन्धनका वड

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता कायमै राखेका छन् ।

तीन सय मतगणना हुँदा हमलाको पक्षमा १४८ मत खसेको छ । उनलाई पछ्याइरहेका गठबन्धनका उम्मेदवार नृपबहादुर सुनारले १०३ मत पाएका छन् । त्यसैगरी एमालेका रणबहादुर चन्दले २० मत पाएका छन् ।

उपमेयरमा गठबन्धनका शान्ति अधिकारीले ९७, एमालेकी कन्दकला रानाले ४४ र आँप चिन्हका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५६ मट प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =