गोरखाको १ र २ मा कांग्रेसको प्यानल नै विजयी, मेयर उपमेयरमा पनि कांग्रेस अगाडि

पोखरा । गोरखा नगरपालिकाको वडा नम्बर १ र २ मा कांग्रेसका उम्मेदवार प्यानल नै विजयी भएका छन् । वडा नम्बर १ को ताप्लेमा नेपाली काँग्रेसका हिक्मतबहादुर कुवँरले माओवादी केन्द्रका गोबिन्द प्रसाद भट्टराईलाइ १ सय २१ मतान्तरले हराएका हुन् ।

खसेको १ हजार २ सय १२ मत मध्ये कुवँरले ४ सय ९२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी भट्टराईले ३ सय ७१ मत प्राप्त गरेका थिए । एमालेका कुमार बानियाँले भने २ सय ८० मत पाए ।

वडा नम्बर २ को कोखे आहालेमा पनि नेपाली कांग्रेसका रहमतुल्ला मियाँ सहितको प्यानल बिजयी भएका छन् । मियाँले एमालेका रामशरण बानियाँ भन्दा १ सय ६२ बढी मत ल्याए । मियाले ५ सय ७६ मत ल्याउँदा बानियाँले ४ सय १४ मत मात्रै पाए । माओवादीका रहमान मियाले २ सय १८ मत पाएका थिए ।

यस्तै, मेयर र उपमेयरमा पनि कांग्रेसकै उम्मेद्वार अगाडि छन् । कांग्रेसले मेयरमा १ हजार ५६ मत ल्याएको छ भने माओवादीले ७ सय २ तथा एमालेले ६ सय ३४ मत पाएको छ । उपमेयरमा कांग्रेसले १ हजार ८० मत पाएको छ भने एमालेले ६ सय १५ तथा जसपाले ३ सय ५८ मत पाएको छ ।

यहाँ माओवादी र जसपा मिलेर चुनाव लडेको हो । तर माओवादीको उपमेयर पनि ३ सय २९ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =