पर्वतका सबै तहमा मतगणना शुरू

काठमाडौँ । पर्वतका सातवटै स्थानीय तहमा यतिबेला मतगणना भइरहेको छ।

हिजो शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत् सातवटै पालिकामा मतगणना शुरू भइसकेको हो। पर्वतका जलजला गाउँपालिका र पैँयू गाउँपालिकामा गए रातिदेखि नै मतगणना शुरू भएको हो भने बाँकी ५ स्थानीय तहमा पनि आज दिउँसोदेखि गणना शुरू भइसकेको छ। पर्वतमा जम्मा ६५ दशमलब ३८ प्रतिशत मत खसेको थियो।

जिल्लाका सातवटै स्थानीय तहमा गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ। अहिलेसम्म जलजला गाउँपालिका–१ बाँसखर्कको मात्र नतिजा सार्वजनिक भएको छ। जसमा एमालेका जगबहादुर रोका वडाध्यक्षमा विजयी भएका छन्। पछिल्लो परिणामअनुसार जलजलाको अध्यक्षमा नेकपा एमालेको अग्रता कायमै रहेको छ भने पैँयू गाउँपालिकामा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ। उपाध्यक्षमा भने एमालेकी यामकुमारी रानाको अग्रता रहेको छ।

महाशिला गाउँपालिकामा पनि दिउँसो १ बजेदेखि मतगणना शुरू भएको हो। सदरमुकाम कुश्मा नगरमा मतगणना भर्खरै शुरू मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिएका छन्। साथै, फलेवास नगरपालिकामा पनि वडा नं १ कार्कीनेटा र वडा नंं ११ पाङराङको मतगणना शुरू भएको छ। दुवै नगरमा मतपरिणाम भने सार्वजनिक भइसकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *