मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा एमाले विजयी

काठमाडौँ ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।

स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेसले अध्यक्ष जितेको पालिकामा यसपटक एमालेका उम्मेदवार विजयी बनेका हुन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार रिनजिङ नामगेल गुरुङले ८६७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार आङजेन गुरुङले जम्मा ५७७ मत पाएका छन्।

त्यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार दिकी गुरुङ ७४९ मतसहित विजयी भएकी छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार धेव आङ्वो गुरुङले ६७७ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *