धनकुटाको पाख्रीवास नगरपालिकामा मतगणना सुरु

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा मतगणना सुरु भएको छ । दिउँसो करिब १२ बजेबाट मतगणना थालिएको हो ।

पाख्रीवास नगरपालिकामा जम्मा मतदाता संख्या १७ हजार ८७ रहेका छन् । जसमध्ये ५ हजार ५ सय ९ पुरुष र ५ हजार ७ सय ८५ महिला गरी कुल ११ हजार २ सय ९४ जनाले मतदान गरेका छन् ।

जम्मा मतदाता संख्यामा ६६.१० प्रतिशत मत खसेको हो ।

उक्त नगरपालिकामा नेकपा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा रहेको छ भने पाख्रीवासको मेयरका लागि एमालेबाट भीम राई र गठबन्धनको तर्फबाट कांग्रेसका ज्ञानबहादुर गुरुङ उठेका छन् ।

एमालेले नम्रता देउजा र गठबन्धनको तर्फबाट माओवादी केन्द्रले ओमप्रकाश निरौलालाई उम्मेद्वार उठेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *