मनाङको नासों गाउँपालिकामा कांग्रेसका गुरुङ विजयी

पोखरा । मनाङको नासों गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन् । उनले एमालेका मनबहादुर गुरुङलाई १७४ मतान्तरले हराउँदै विजयी भएका हुन् ।

धनबहादुरले ८२० मत पाए भने मनबहादुरले ६४६ मत पाएका छन् । धनबहादुर यसअघि वडा नम्बर ७ बाट निर्विरोध रुपमा वडाध्यक्ष विजयी भएका थिए ।

उपाध्यक्षमा पनि गठबन्धनबाट माओवादीका उम्मेद्वार देबबहादुर गुरुङ विजयी भएका छन् । उनले ९१३ मत ल्याउँदा एमालेका अर्विन गुरुङले ५८७ मत पाए ।

वडाध्यक्षहरुमा कांग्रेसले ५ वटा, एमालेले ३ वटा र माओवादीले एउटा वडा जितेको छ । वडा नम्बर १ मा एमालेकी मिनराशी गुरुङ, २ मा एमालेकै रवी गुरुङ, ३ मा कांग्रेसका निलराम गुरुङ विजयी भए ।

यस्तै, ४ नम्बरमा नेकपा माओवादीका धर्मजङ गुरुङ विजयी हुँदा ५ नम्बरमा कांग्रेसका थुतेन लामा, ६ मा पुष्पबहादुर गुरुङ, ७ मा ओमबहादुर गुरुङ, ८ मा याद घले र ९ मा एमालेका राजु लामा विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *