जारकोटको भेरीमा गठबन्धनको अग्रता

सुर्खेत । पुर्व गृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतको गृह नगर जाजरकोटको भेरी नगरपालिकामा काँग्रेस–माओवादीका साझा उम्मेदवार गगन बहादुर खड्काको अग्रता छ ।

माओवादीबाट उम्मेदवार बनेका उनले एक सय मत गणना गर्दा ४० मत पाएका छन् भने एमालेका चन्द्र प्रकाश घर्तीले ३९ मत पाएका छन् ।

यस्तै, एकीकृत समाजवादीका कमान खड्काले ११ मत पाएका छन् । भेरीमा माओवादी र काँग्रेसले समाजवादीलाई ब्याक गराएपछि समाजवादीले एकल उम्मेदवारी दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *