वीरेन्द्रनगरमा सुरु भयो मतगणना

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा मतगणना सुरु भएको छ ।

बिहान ११ बजेदेखि गणना गर्ने भनिएपनि झण्डै ४५ मिनेट ढिलोगरि गणना सुरु भएको हो ।
गएराती राति १२ बजेसम्म मतपेटिका संकलन कार्य सम्पन्न भएपनि सर्वदलिय बैठक बस्न सकेन् । बिहानदेखि जारी सर्वदलिय बैठकले ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको थियो ।

वीरेन्द्रनगरका १६ वटै वडाका मतपेटिका वीरेन्द्रनगर आइसकेका छन्। मतगणना वीरेन्द्रनगरको सिटी हलमा सुरु भएको सहायक निर्वाचन अधिकृत उज्जल रावलले जानकारी दिए ।

वीरेन्द्रनगरमा २५ मतदान केन्द्र र ७५ वटा मतदान स्थल छन् । नगरपालिकामा ६७ हजार ५६ मतदाता रहेकोमा शुक्रबारको निर्वाचनमा ४८ हजार ३०४ (७२.०४ प्रतिशत)ले मतदान गरेका छन् । यो नगरपालिकामा मेयर र उपमेयरका लागि १३/१३ जनाले प्रतिस्पर्धा गरिरहेका छन् भने वडाअध्यक्षहरुमा १०१, खुल्ला सदस्यमा १६४, महिला सदस्यमा ८३, दलित सदस्यमा ७३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *