ओलीको गृह नगरमा एमालेको अग्रता

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमालेले अग्रता लिएको छ । ४०० मत गणना हुँदा मेयरमा एमालेका गीता अधिकारीले १७२ मत प्राप्त गरेको छ ।

गठबन्धनका उम्मेदवार राप्रपाका राम थापालले १३९ मत प्राप्त गरेका छन् । राप्रपाका थापा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका साझा उम्मेदवार हुन् भने अधिकारी एमालेकी एक्ली उम्मेदवार हुन् ।

त्यस्तै उपमेयरमा कांग्रेसले १४९ मत ल्याउँदा एमालेका उम्मेदवारले १४० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =