सुदूरपश्चिमका २५ पालिकामा एमालेको अग्रता

धनगढी । सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये मतगणना सुरु भएका २५ पालिकाको प्रारम्भिक नतिजामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेले गणना सुरु भएमध्येका ११ स्थानीय तहका मेयर÷अध्यक्षमा अग्रता लिएको छ । यस्तै कांग्रेसले ९ र माओवादी केन्द्रले पाँच पालिकामा अग्रता लिएको छ।

एमालेले बैतडीको दशरथचन्द, पाटन, मेलौली, कैलालीको बर्दगोरिया, डोटीको बोगटान फुडसिल, जोरायल, बझाङको बिथ्थरचिर, मष्टा, खप्तडछान्ना र अछामको बान्नीगढी जयगढमा अग्रता छ।

कांग्रेसले डडेल्धुराको अमरगढी, गन्यापधुरा, बैतडीको सुर्नाया, पुचौडी, शिवनाथ, डोटीको बडिकेदार, कञ्चनपुरको लालझाडी, कैलालीको गोदावरी र कैलारीमा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

यस्तै माओवादी केन्द्रले कञ्चनपुरको बेलौरी, डडेल्धुराको पशुराम, दार्चुलाको अपिहिमाल र लेकम तथा अछामको रामारोशनमा अग्रता लिएको छ ।

शुक्रबार मतदान सम्पन्न भएकोमा प्रदेशका ८८ पालिकामध्ये कतिपय स्थानीय तहमा मतगणना रातीबाट नै सुरु भएको छ । केही पालिकाको शनिबार बिहानैदेखि सुरु भएको छ भने केही सुरु गर्ने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *