सोलुखुम्बुमा कांग्रेस-माओवादीबीच झडप, एकको मृत्यु

काठमाडौँ । सोलुखुम्बुको सोताङ गाउँपालिकामा काङ्ग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ मतदातालाई घर लैजाने विषयमा भएको दोहोरो झडपमा हुँदा ३५ वर्षीय सुदिप राईको मृत्यु भएको हो ।

वडा नम्बर ३ मा भोट खासल्न आएकी बिरामी बृद्ध महिलाको मृत्यु भएपछि काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको थियो । झडपको क्रममा घाइते भएका राइको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहाले जानकारी दिए ।

घटनामा सम्लग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको छ । मतदान गर्न बोकेर बृद्ध महिला ल्याएको तर मतदान गरिसकेपछि भने घर पुर्‍याउन बेवास्ता गरेको आरोप काँग्रेसले लाएपछि दुई समूहबीच झडप भएको हो। दमको बिरामी ती बृद्ध महिलाको भने हिजो साँझ नै मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *