मोरङका १७ मध्ये १० पालिकामा मतगणना शुरु

विराटनगर । मोरङमा १७ मध्ये दश स्थानीय तहमा मतगणना शुरु भएको छ । मोरङको बेलबारी, उर्लाबारी, रंगेली र सुनवर्षी नगरपालिकामा मतगणना शरु भएको हो ।

यसैगरी गाउँपालिकातर्फ जहदा, धनपालथान, ग्रामथान,कटहरी, कानेपोखरी र मिक्लाजुङमा गणना शुरु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गणना स्थलमा सुरक्षाको चुस्त व्यवस्थापन मिलाइएको छ ।

विराटनगर महानगरपालिकाकारसहित बाँकी पालिकाको मतगणना आज हुँदै छ । विराटनगर महानगरपालिकामा बिहान ८ बजेदेखि मत गणना शुरु गर्ने तयारी भएको छ। राती बसेको सर्वदलीय बैठकले मत गणना बिहान ८ बजेदेखि गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =