उर्लावारी र कानेपोखरीमा मत गणना शुरु, एमालेको अग्रता

विराटनगर । मोरङको उर्लावारी नगरपालिका र कानेपोखरी गाउँपालिकामा मत गणना शुरु भएको छ । मध्य रातीदेखि शुरु भएको मत गणनामा दुवै पालिकाको प्रमुखमा एमालेको अग्रता देखिएको छ ।

उर्लावारी नगरपालिकामा एक १०० मत गन्दा मेयरमा एमालेले ३३, नेपाली कांग्रेसले १८ र नेकपा एसले २२ मत पाएका छन् । त्यस्तै उपमेयरमा एमालेले ३३ नेपाली कांग्रेसले २० र माओवादीले १० मत पाएको छ ।

उता केरावारी गाउँपालिकामा ८०० मत गणना हुँदा अध्यक्षमा एमालेकी राजमती इङ्नामले ३०१, नेपाली कांग्रेसका सञ्जय भट्टराईले १८४ र नेकपा माओवादीका सूर्य धिमाल १२९ मत पाएका छन् ।

उपाध्यक्षमा एमालेका भोला अधिकारीले ३१८, कांग्रेसका मनकुमारी गुरुङले २२८ र माओवादीकी तारा ओझाले २३८ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eighteen =