मनाङको चामेमा एमालेको अग्रता

काठमाडौँ । मनाङको चामे गाउँपालिकामा मतगणना सुरु भएको छ।

प्रारम्भिक मतगणनामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्षले सुरुवाती अग्रता लिएका छन्।

मुख्य निर्वाचन अधिकृत पुनराम खनालका अनुसार  एमालेका अध्यक्ष उम्मेदवार लोकेन्द्रबहादुर घलेले १५२ र उपाध्यक्ष उम्मेदवार आशाकुमारी गुरुङले १५४ मत पाएका छन् । कांग्रेसका अध्यक्ष उम्मेदवार छिरिङ दोर्जे लामाले १३० र उपाध्यक्ष उम्मेदवार मिङमार ढोमा लामाले १२९ मत ल्याएकी छन्।

एमालेबाट अध्यक्षका उम्मेदवार घलेले यसअघि पनि गाउँपालिका अध्यक्ष जितेका हुन्। खनालका अनुसार १ र २ नं वडाको मतगणना भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *