सुर्खेतमा ६२ प्रतिशत मत खस्यो

सुर्खेत । स्थानीय तह निर्वाचन समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ।

कुल ९ स्थानीय तह रहेको सुर्खेतमा ९९ वडा रहेका छन्। पाँच सय १३ पदका लागि दुई हजार ८४ जनाले उम्मेदवारी दर्ता गराएका थिए। आज सम्पन्न मतदानमा जिल्लाभर करिव ६२ प्रतिशत मत खसेको प्रारम्भीक अनुमान गरिएको हो। सुर्खेतका सबै स्थानीय तहमा शान्तिपूर्ण मतदानहुँदा सिम्ता गाउँपालिकाको वडा नम्बर १ मा भने मतदान रोकिएको छ।

फर्जी मतपत्र फेला परेपछि मतदान रद्द भएको हो। वर्षा र हावाहुरीका कारण दिउँसो करिब आधा घण्टा मतदान प्रभावित बनेको थियो। निर्वाचन सम्पन्न भए पश्चात अहिले मतपेटीका संकलन गरी सम्बन्धित पालिकामा ल्याउने कार्य भई रहेको निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ।

प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा शान्तिपूर्ण मतदान सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। १६ वडा रहेको वीरेन्द्रनगरमा मतदानको तथ्यांक संकलन भइरहेको छ।

वीरेन्द्रनगरको मतगणनास्थल सिटी हल तोकिएको छ। पूर्वी सुर्खेतको लेकवेशी नगरपालिकामा कुल ६५ प्रतिशत मत खसेको छ। १० वडा रहेको लेकवेशी नगरपालिकामा पनि शान्तिपूर्ण तवरबाट निर्वाचन सम्पन्न प्रमुख जिल्ला अधिकारी रिजालले बताए। ६ वडा रहेको चिङ्गाडमा पनि शान्तिपूर्ण मतदान भएको छ।

१४ वडा रहेको गुर्भाकोट नगरपालिकामा करिव ८० प्रतिशत मत खस्दा उत्साहपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ। भेरीगंगा नगरपालिकामा पनि करिव ६० प्रतिशतभन्दा बढि मत खसेको छ। भेरीगंगामा १३ वडा छन्। ६० प्रतिशत मत खसेको सिम्ता गाउँपालिकाको वडा नम्बर १ को मतदान स्थगित गरिएको छ। करिब चार सय मत खस्न बाँकी रहदा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र फेला परेपछि विवाद उत्पन्न हुँदा मतदान रोकिएको हो। स्थगित भएको मतदान सर्वदलिय वैठकबाट निर्वाचन कार्यालयले मतदानको मिति तोक्न छ।

सिम्तामा ८ वडा छन्। यस्तै पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा ६८ प्रतिशत मत खसेको छ। यो पालिकामा १० वडा छन्। पञ्चपुरी नगरपालिकामा ६८ प्रतिशत मत खसेको छ। पञ्चपुरीमा ११ वडा छन्। १० वडा रहेको चौकुने गाउँपालिकामा ६५ प्रतिशत मत खसेको छ। वर्षाका कारण केही समय रोकिएको मतदानमा कुनै अप्रिय घटना यो पालिकामा भएका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *