वीरेन्द्रनगरमा अधिकृतको मृत्यु; मतदान केन्द्रबाट फर्कने क्रममा मोटरसाइकल दुर्घटना

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक मतदान अधिकृतको मृत्यु भएको छ।

वीरेन्द्रनगर–८ औद्योगिक क्षेत्र नजिक शुक्रबार साँझ कर्णाली प्रदेश ०२००१ ब ००११ नं को मोटरसाइकल दुर्घटना हुँदा ४५ वर्षीय हृदय ढकालको मृत्यु भएको हो। मतदान सम्पन्न भएपछि घर फर्किने क्रममा उनले चलाएको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाइकल उछिट्टिएर खाल्डोमा पर्दा बाटो छेउमा रहेका जस्तापातामा ठोक्किएर अधिकृत ढकालको घटनास्थलमै मृत्यु भएको हो।

आज शुक्रबार सम्पन्न निर्वाचनमा वीरेन्द्रनगर–३ हरिडिलभूमि स्कुलमा मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रूपमा खटिएका उनी वीरेन्द्रनगर नगरपालिकाकाको राजस्व उपशाखामा कार्यरत छैटौं अधिकृतसमेत थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *