प्रधानमन्त्री पत्नी आरजुले नै गरिनन् मतदान

धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाले मतदानमा सहभागिता जनाइनन् । झण्डै दुई हप्ता सुदूरपश्चिम बसेर कांग्रेसका उम्मेदवारका लागि मत मागेकी राणाले अन्तिममा आफैँ मतदान गरिनन् । उनी प्रचारप्रसारका लागि गृहजिल्ला डडेल्धुरासमेत गएकी थिइन्।

प्रधानमन्त्री एमव् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदानका लागि गृहपालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ स्थित असिग्राम मावि रुवाखोलामा पुगेपनि राणा भने त्यहाँ पुगिनन् ।

असिग्राम मावि रुवाखोला ‘ख’ का मतदान अधिकृत सुरेन्द्रबहादुर कार्कीले नेतृ राणाको मतदाता नामावली पनि सोही मतदान केन्द्रमा छ ।

उनले राणा मत खसाल्न नआएको पुष्टि गरे । राणा अहिले काठमाडौँमै रहेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *