धनगढी उपमहानगरको मतगणना भोलि हुने

धनगढी । कैलालीका धनगढी उपमहानगरपालिकाको मतगणना शनिबार (भोलि) विहानदेखि सुरु गरिने भएको छ । मतपेटिका संकलनमा समय लाग्ने भन्दै शनिबार विहानदेखि मतगणना थालिने भएको हो ।

‘मतपेटिका संकलनमा केही समय लाग्ने भएकाले आज मतगणना हुँदैन,’ कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले भने, ‘सर्वदलीय बैठक बसेर भोलि विहानबाट मतगणना गर्छौं ।’
उनका अनुसार अहिले मतपेटिका संकलनको कार्य भइरहेको छ । धनगढीको मतगणना उपमहानगरपालिकाको नयाँ भवनमा हुनेछ ।

धनगढीको एकमात्रै उपमहानगरपालिका धनगढीको मेयरका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नृपबहादुर वड, नेकपा एमालेबाट रणबहादुर चन्द, स्वतन्त्र उम्मेदवार गोपाल हमालसहित ९ जनाको उम्मेदवारी छ । यहाँ निर्वाचनबाट मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चुनिने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *