कास्कीमा ६० प्रतिशत मत खस्यो
२०७९ वैशाख ३० गते

पोखरा । कास्कीमा यो वर्ष खासै उत्साहजनक मत खसेको छैन । अघिल्लो चुनावमा ७३ प्रतिशत भोट खसेको यहाँ अहिले ५५ देखि ६० प्रतिशत हाराहारी मात्रै मत खसेको बताएको छ । केही मतदान केन्द्रमा बढी मत खसेपनि केहीमा भने कम भएको थियो ।
मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले अघिल्लो चुनावहरुभन्दा तुलनात्मक रुपमा कम खसेको बताए ।
‘करिब ६० प्रतिशत खस्यो, अझै विवरण आउन बाँकी छ,’ उनले भने, ‘केही पालिकामा ५५ प्रतिशत जति होला । पोखरामा ६० प्रतिशत पुग्न सक्छ ।’
यहाँ २ लाख ८१ हजार मतदाता थिए ।
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









