श्रममन्त्री श्रेष्ठद्वारा दमौलीमा मतदान

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्थानीय तह निर्वाचनअन्तर्गत आज मतदान गरेका छन्।

श्रममन्त्री श्रेष्ठले तनहुँको व्यास नगरपालिका–४ स्थित मदर्सा आधारभूत विद्यालय मतदानस्थलमा मतदान गरेका हुन्। मतदानपछि कुराकानी गर्दै मन्त्री श्रेष्ठले स्थानीय सरकारका प्रतिनिधि जनताको सेवक बन्नुपर्नेमा जोड दिएका छन्। जनप्रतिनिधि प्रशासक नभई जनताको सेवकको रूपमा रहनुपर्ने उनको भनाइ छ।

सबैभन्दा तल्लो तहको सरकार भएकाले सिहंदरबार गाउँ–गाउँमा भन्ने नारालाई यथार्थमा उर्तानका लागि स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने बताउँदै मन्त्री श्रेष्ठले विगत पाँच वर्षको स्थानीय तहको कार्यकाल केही कमजोरीबाहेक सुखद रहेको बताएका छन्।

आजको महत्त्वपूर्ण दिनमा उत्साहपूर्ण रूपमा मतदानमा सहभागी हुन मन्त्री श्रेष्ठले आम जनतालाई आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *