जुम्लाको गुठीचौरमा कांग्रेस–एकीकृत समाजवादीबीच झडप, मतदान रोकियो

सुर्खेत । जुम्लाको गुठीचौर गाउँपालिका नेपाली कांग्रेस र एकीकृत समाजवादीका कार्याकर्ताबीच झडप भएको छ ।

गुठीचौर गाउँपालिका गज्यांकोटस्थित शंकर बहुद्देश्य माध्यमिक बिद्यालयको मतदान केन्द्रमा पार्टीबीच झडप हुँदा मतदान स्थगित भएको छ ।

कार्यकर्ताबीचको झडपमा सहायक निर्वाचन अधिकृत रवी भण्डारीलाई समान्य चोट लागेको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले जानकारी दिइन् ।

प्रजिअ विजयाका अनुसार मतदान स्थलमा मतदाताले मतपत्र च्यात्न खोज्दा झडप भएको हो । मतपत्र च्यात्न खोज्दा दुुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो । अहिले मतदान स्थगित भएको छ । सर्वदलीय बैठकले मतदानको विषयमा निर्णय गर्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *