बाजुराका ४ वटा मतदान केन्द्रमा हवाई फायर

बाजुरा । बाजुराका विभिन्न मतदानस्थलमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएका छन् । त्यसक्रममा प्रहरीले स्थिति नियन्त्रण लिन हवाई फायर गर्नुपरेको छ ।

जिल्लाको बुढीगंगा ९ मा मा दुई राउण्ड हवाई फायर भएको छ । त्यस्तै सोही नगरपालिका–१० सिगाडा माविमा रहेको मतदान केन्द्रमा पनि १ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै बुढीनन्दा नगरपालिकाको वडा नम्बर ८ र ९ मा पनि हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्र बोगटीले जानकारी दिए । उनले अझै विस्तृत जानकारी आउन बाँकी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *