५ घण्टामा खस्याे ३५ प्रतिशत मत, दिनभरमा ७५ प्रतिशत खस्ने अनुमान
२०७९ वैशाख ३० गते

काठमाडौँ । स्थानीय तहको निर्वाचनअन्तर्गत शुक्रबार भइरहेको मतदान कार्यक्रममा ५ घण्टामा ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार बिहान ७ बजेदेखि भएको मतदानअन्तर्गत १२ बजेसम्ममा ३५ प्रतिशत मत खसेको हो । दिनभरमा अर्थात् साँझ ५ बजेसम्ममा ७५ प्रतिसतसम्म मत खस्ने अनुमान गरिएको आयोगले जनाएको छ ।
विभिन्न अवराेधका कारण मतदान सुरू गर्न नसकेका ठाउँमा पनि मतदान कार्यक्रम सुरू हुने तयारीमा रहेकाे आयाेगले जनाएकाे छ ।
केही मतदान केन्द्रबाहेक ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगले जनाएको छ ।
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









