सुनसरीमा ३५ र मोरङमा २५ प्रतिशत मत खस्यो

विराटनगर । मोरङमा दिउँसो १२ बजेसम्म २५ प्रतिशत मत खसेको छ। मोरङका ८२० मतदान केन्द्र मार्फत करिब २५ प्रतिशत मत खसेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार मोरङको सबै पालिकामा शान्तिपुर्ण मतदान भइरहेको छ। लेटाङ नगरपालिका वडा नम्बर ४ मा भएको विवाद मिलेपछि मतदान शुरू भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

राती पानी परेको कारण रतुवामाईमा ९ बजेसम्म मतदान भएको थिएन भने लेटाङमा अर्को वडा र पालिकाको मतदाता नामावली त्यहाँ पाइएपछि विवाद भएको थियो । लेटाङमा साँढे ९ बजेपछि मतदान शुरू भएको उनले बताए । मोरङमा १७ स्थानीय तह रहेको छ।

यस्तै सुनसरीमा ३५ प्रतिशत मत खसेको छ। मध्यान्ह १२ बजे सम्ममा ३५ प्रतिशत मतखसेको हो । बिहान पानीका कारण मतदान स्थलमा केही समस्या भएको सुनसरीमा १२ वटै स्थानीय तहमा अहिले निर्वाध रूपमा मतदान प्रक्रिया सुचारु रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारीले जानकारी दिए । सुनसरीमा कहि कतै पनि मतदानमा अवरोध नभएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =