एमसीसीद्वारा देश बेचेको भन्दै मतदानस्थलमा मन्त्री कार्कीविरुद्ध नाराबाजी

विराटनगर । सुनसरीमा नेपाल सरकारका मन्त्रीका विरुद्ध नारा लागेको छ ।

नेपाल सरकारका सुचना सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध मत हाल्न आएका बेला स्थानीयले नारा जुलुस गदै मत हाल्न केहीबेर अवराेध गरेका हुन् ।

सुनसरीको बराह नगरपालिका वडा नम्बर १० भगवती निमावी केन्द्रमामा मतदाता नामावली रहेका कार्कीलाई त्यहीँका स्थानीयले विराेध गरेका हुन् । मतदान गर्न केन्द्रमा पुगेका कार्कीविरुद्ध एमसीसीसँग जोडेर नारा लगाइएको हो ।

मतदान केन्द्रमा रहेका स्थानीयले एमसीसीद्वारा देश बेचेको भन्दै उनको विराेध गरे । स्थानीयको नारावाजीका बिच केहीबेर मत हाल्न समेत अवराेध भएको थियो ।

विराेध शुरु भएपछि मन्त्री कार्कीले हात उठाएर सबैलाई शान्त हुन आग्रह गरेका थिए । केहीबेरको अवराेधपछि उनले सोही केन्द्रबाट मतदान गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *