निर्वाचन केन्द्रमा नियम विपरीतका कार्य, सरकारी पक्ष मौन (तस्वीर)

विराटनगर । विराटनगरका विभिन्न मतदान स्थलहरूमा अवैध नियम विपरीतका कार्यहरू भएको पाइएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीतका कार्यहरू भएका छन् । कतिपय मतदानस्थलमा कर्मचारीले भोट मागेको, कतिपयमा म्यादी प्रहरी पनि भोट माग्नमा प्रयोग भएको पाइएको छ ।

कतिपय मतदान केन्द्रको अगाडी उम्मेदवारले नै भोग मागेर अवस्था अशान्त पारेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ४ मा रहेको आधारभूत विद्यालय कन्चनवारी मतदान स्थलमा कार्यरत एक म्यादी प्रहरीले नै भोट मागेकी छिन् । उनले आएका मतदातालाई यो चिन्हमा मतदान गर्न भन्दै सम्झाएकी थिइन् । बिहानै भोट हाल्न त्यहाँ पुगेका जेष्ठ नागरिकहरूलाई उनले चिन्ह नै उल्लेख गरेर भोट मागेको मतदाताले बताएका छन् ।

त्यस्तै बिराटनगर महानगरपालिका वडा नम्बर १५मा रहेको विद्या विकास आधारभूत विद्यालय मतदान स्थलको बाहिर पार्टीका झाण्डाहरू राखेर चुनाव प्रचार गरेर मतदातालाई प्रभावित पार्ने काम भएको पाईउको छ । मतदान केन्द्रको बाहिर ध्वजा पाताका टाँगेर राखिएको छ । यस्तो गर्न नपाउने व्यवस्थाको धज्जी उडाउने काम दलहरूले गरेका छन् । यस मदतान केन्द्रको बाहिरको भागमा नेपाली कांग्रेस र एमालेले पार्टीका झण्डा राखेको हो । सोही वडाको जनविकास माध्यामिक विद्यालयमा मतदान केन्द्रमा भित्र मतदाताको संख्या अत्यन्त कम थियो भने बाहिर गेटदेखि नै भोट माग्न नमुना मत पत्र लिएर यो पार्टीमा भोट हाल्नुस् भन्दै सिकाउँदै थिए ।

नेपाली कांग्रेसबाट महिला वडा सदस्यकी उम्मेदवार अनिता खत्वेले रुखमा भोट हाल्नुस् भन्दै भोट मागेपछि केहीबेर त्यो स्थलको बाहिरीभागमा समस्या उत्पन्न भएको थियो । हातमा नमुना मत पत्र लिने र भोट हाल्न मतदान स्थलमा पुगेका मतदातालाई यो चिन्हमा भोट हाल्नुस् त्यसो नहुँदा समस्या हुने भन्दै धम्की समेत दिएको मतदानाको आरोप छ ।

त्यस्तै बिराटनगर १४ मा रहेको डिग्री क्याम्पस मतदान केन्द्रमा बाहिर पार्टीको लोगो भएको टिसर्ट लगाएर आएको भन्दै स्थानीयले एमालेका कार्यकर्तालाई लखटेका छन् । उपेन्द्र यादवको आधार ईलाका भनेर चिनिएको जतुवामा लाईन लागेर बसेका मतदातासँग मत मागेको तथा प्रलोभनमा पार्न खोजेको उनीहरूको आरोप छ ।

सोही मतदान केन्द्रबाट विराटनगर महानगरपालिकामा स्वतन्त्रबाट मेयर पदको उम्मेदवार उमेश यादवले मतदान गरेका छन् । विराटनगर १४ स्नातकोत्तर क्याम्पस विज्ञान भवन ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

कानुन विपरीतका कार्य गर्नेहरूलाई कारबाही गरिने जिल्ला प्रशासन कार्यालय मोरङको भनाई छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले त्यस्ता कार्य गर्नेलाई सचेत गर्ने र कारबाही गरिने बताए ।

तस्बिरहरु : सुमन सुस्केरा मकालुखबर

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *