कास्कीमा शान्तिपूर्ण मतदान, ४० प्रतिशत मत खस्यो
२०७९ वैशाख ३० गते

काठमाडाैँ । स्थानीय तह निर्वाचनअन्तर्गत आज कास्कीमा ११ बजेसम्म ४० प्रतिशत मत खसेको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा बिहानैदेखि अधिकांश मतदान केन्द्रमा मतदाता खचाखच लामबद्ध भएको तथा ११ बजेसम्म करिव ४० प्रतिशत मत खसेको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिँदै उनले निर्वाचनमा सर्वसाधारणको उत्साहपूर्ण सहभागिता रहेको बताए । कूल ३३६ मतदान केन्द्र रहेको कास्कीका पाँच पालिकामध्ये पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ जना मतदाता छन् भने अन्नपूर्ण गाउँपालिकामा २० हजार ३४८ मतदाता छन् ।
त्यस्तै, माछापुच्छ्रे गाउँपालिकामा २० हजार ३१६, मादी गाउँपालिकामा १८ हजार ७८२ र रूपा गाउँपालिकामा १४ हजार ६७५ मतदाता रहेका छन् ।
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









