४ घण्टामा ३० प्रतिशत मत खस्यो, दिनभरिमा ७५ प्रतिशत खस्ने अनुमान

काठमाडौँ । देशभर स्थानीय तह निर्वाचन अन्तर्गत मतदान कार्यक्रम जारी छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभरबाट प्राप्त भएको विवरण अनुसार मतदान सुरु भएको ४ घण्टासम्म ३० प्रतिशतको हाराहारीमा मतदान भइसकेको बताएका छन्। उनका अनुसार आज दिनभरिमा अन्दाजी ७५ प्रतिशत मत खस्ने आयोगको अनुमान छ।

देशभरका ७ सय ५२ स्थानीय तहमा मतदान भइरहेको छ। एक स्थानीय तहमा उपमेयरका उम्मेदवारको मृत्यु भएकाले त्यहाँ नयाँ निर्वाचन कार्यक्रम अनुसार जेठ ३ गते निर्वाचन हुनेछ।

आयोगले मतदान सकिएर सुरक्षित रूपमा मतपेटिका मतगणनास्थलसम्म पुर्याइसकेपछि आजै राति देखि मतगणना सुरु गरिनेसमेत जनाएको छ। साथै, २० प्रतिशत मतगणनासमेत आजै भ्याइने प्रमुख आयुक्त थपलियाले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *