अपडेट : मतदाता चढेकाे जिप दुर्घटना, १४ जनाकाे मृत्यु
२०७९ वैशाख ३० गते

पाेखरा । स्याङ्जामा मतदाता चढेको जिप दुर्घटना हुँदा १४ जनाकाे मृत्यु भएकाे छ ।
जिल्लाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।
सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरीले जनाएको छ ।
घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ । मृतक र घाइतेको सनाखत हुन बाँकी छ।
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









