झडपको स्थिति देखिएपछि गोरखामा चल्याे गाेली
२०७९ वैशाख ३० गते

काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिकास्थित ज्ञानमार्ग मावि मतदान केन्द्रमा एक राउण्ड हवाई फायर भएको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मतदान केन्द्रमा अत्यधिक भिड भई झडपको स्थिति आएपछि अवस्थालाई नियन्त्रणमा लिन हवाई फायर गरिएको बताएका छन्।
हवाई फायरपछि सर्वदलीय बैठक बसी यतिबेला पुन: मतदान कार्यलाई अगाडि बढाइएको प्रजिअ आचार्यले जानकारी दिए।
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









