आयोगको लापरवाहीले प्रदेश सभा सदस्य रेग्मीको सूचीबाट नाम गायब, छानबिनको माग

विराटनगर । निर्वाचन आयोगको लापरवाहीका कारण प्रदेश सभा सदस्य साबित्रा रेग्मी समस्यामा परेकी छन्।

मतदाता नामावालीको सूचीबाट नाम हटेपछि प्रदेश सभा सदस्य रेग्मी समस्यामा परेकी हुन्। उनी मतदान गर्न विराटनगर ३ स्थित पुसेट कलेज निर्वाचन केन्द्रमा पुगेकी तर सूचीमा नाम नभेटिएपछि उनले सोधी खोजी गर्दा आयोगको लापरवाहीले नाम हटेको खुल्न आएको हो। सोधी खोजीका क्रममका उनको नाम सुन्दर हरैँचा नगरपालिका वडा नम्बर ९ मा भेटिएको छ।

विराटनगरकी स्थायी बासिन्दा उनले अघिल्लो स्थानीय तहको निर्वाचनमा साही केन्द्रबाट मतदान गरेकी थिइन्। प्रदेश सभा सदस्य रेग्मीले सधैँ मत हालिरहेको हुनाले यसपटक भने मतदाता नामावालीमा नाम चेक नगरेको र मत हाल्न जाँदा सूचीमा नामै नभएको बताइन्। उनले भनिन् , ‘यसपटक मैले सूची चेक गरिनँ। मत हाल्न जाँदा सूचीमा नामै छैन।’

रेग्मीले निर्वाचन आयोगको लापरवाहीका कारण आफू समस्यामा परेको बताउँदै उनले विराटनगरमा विवाह गरेर आएदेखि विराटनगर ३ बाट मत हाल्दै आएको स्पष्ट पारिन्। उनले भनिन्, ‘शुरुमा पोखरीया केन्द्रबाट मत हाल्दै आएकी थिएँ। गत निर्वाचनबाट भने पुसेट कलेज मतदान स्थलबाट मत हालेकी हुँ।’

निर्वाचन आयोगको लापरवाहीले मत हाल्नबाट वञ्चित भएको बताउँदै उनले भनिन्, ‘सुन्दर हरैँचा ९ नं मा नाम छ भन्दै हुनुहुन्छ। सुन्दर हरैँचाामा कसरी पुर्याइयो? यसको छानबिन हुनपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *