बाजुराको भानोदय मतदान केन्द्रमा झडप, मतदान रोकियो

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका ५ स्थित भानोदय मावि मतदान केन्द्रमा झडप भएको छ ।

मतदानका क्रममा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको हो ।

दुई पक्षबीच झडप भएपछि मतदान प्रक्रिया रोकिएको छ । केही बेर दुवै पक्षबी ढुंगा हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन् । ढुंगा हानाहान भएपछि मतदान केन्द्रका सामग्रीहरु तोडफोड भएका छन् ।

मतदान प्रक्रिया अगाडि बढाउन अहिले दुवै पक्षबीच समझदारीको प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *