मोरङको लेटाङमा अझै शुरू भएन मतदान

विराटनगर । मोरङका ३ वटा मतदान केन्द्रमा मतदान अझै शुरू भएको छैन।

मोरङको रतुवामाई नगरपालिका र लेटाङ नगरपालिकामा मतदान विलम्ब भएको हो। रतुवामाईको दुई केन्द्रमा पानी जमेपछि समस्या भएपछि मतदान ढिलो गरी शुरू भएको हो। त्यस्तै, लेटाङ नगरपालिका वडा नम्बर ४ मा मतदाताको नाम नमिल्दा समस्या भएका कारण अझै मतदान शुरू हुन नसकेको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी काँशिराज दाहालका अनुसार लेटाङ नगरपालिका ४ मा अन्य वडा र पालिकाका मतदाताको पनि नामावली फेला परेपछि समस्या भएको हो। त्यस वडामा बसोवास नै नभएका मतदाताको नाम फेला परेपछि लेटाङमा यतिबेलासम्म पनि मतदान शुरू हुन सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *