‘लोकल’ चुनावलाई ‘ननपोलिटिकल’ गराउनु पर्छ : कोइराला

विराटनगर । नेपाली काङ्ग्रेसका नेता डा शेखर काेइरालाले विराटनगरमा रहेको आदर्श माध्यमिक विद्यालय (क)मतदान केन्द्रबाट मतदान गरेका छन् ।

आदर्श माध्यामिक विद्यालय मतदान स्थलमा दुई मतदान केन्द्र रहेका छन् । १ हजार ४ सय ४५ जना मतदातन रहेको यस मतदान स्थलबाट मतदान गरेका छन् ।

मतदान पछि कुरा गर्दै काेइरालाले स्थानीय चुनावमा पनि राष्ट्रिय विषय उठेकोमा असन्तुष्टि जनाए । पालिका, गाउँ टोलका समस्यामा केन्द्रित हुनुपर्नेमा शीर्ष नेताहरूले केन्द्रीय मुद्दामा केन्द्रित भएको बताए । ‘लोकल चुनावलाई ननपोलिटिकल गराउनु पर्छ’, उनले भने, ‘पोलिटिकलले धेरै ध्रुवीकृत गरायो, नागरिकका मुद्दा ओझेलमा परेको छ ।’

स्थानीय चुनावलाई स्थानीय मुद्दा उठाउने बनाइनु पर्नेमा उनको जोड छ । ‘पोलिटिकल विषय प्रदेश र संघमा उठाइनुपर्छ’, उनले भने, ‘स्थानीय चुनावलाई स्थानीयताको मुद्दा केन्द्रित हुनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =