माओवादी नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीद्वारा रोल्पामा मतदान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले आफ्नो गृहजिल्ला रोल्पामा मतदान गरेका छन्।

रोल्पा नगरपालिका–७ माडीचौरस्थित बालउदय मावि केन्द्रबाट पुन र घर्तीले बिहान ७ बजे मतदान गरेका हुन्। मतदानपछि प्रतिक्रिया दिँदै नेता पुनले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा आफूलाई मन पर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *