पोखरामा शुरू भयो मतदान

पोखरा । पोखरा सहित कास्कीका मतदान केन्द्रहरूमा मतदान शुरू भएको छ । यहाँ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएकाे छ । पोखराको मेयरमा एमालेबाट कृष्ण थापा र उपमेयरमा मन्जुदेवी गुरुङ उम्मेदवार छन् ।

गठबन्धनमा एकीकृत समाजवादीका धनराज आचार्य मेयर र कांग्रेसकी कोपीला रानाभाट उपमेयर उम्मेदवार छिन् । जिल्लाभरी २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् । महानगर सहित ५ पालिकामा १ सय ५० मतदान स्थल र ३ सय ३६ मतदान केन्द्रबाट साँझ ५ बजेसम्म मतदान हुनेछ ।

पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । यहाँ ९८ मतदान स्थल र २ सय ४२ मतदान केन्द्र छन् । मतदानका लागि जिल्लाभर कर्मचारी र स्वयंसेवक गरी २ हजार ६ सय ९५ जना खटाइएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =