मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण साेध्दै आयोग

काठमाडाैँ  । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधिएको जनाएको छ ।

बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको भन्दै विभिन्न दलका नेता लगायतलाई स्पष्टीकरण सोधिएको जानकारी दिए । अहिलेसम्म ६६ वटा स्पष्टीकरण सोधिएको उनले बताए ।

त्यस्तै उनले स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको र स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा बनाउने वातावरण बनेको बताए ।

निर्वाचनलाई सफल बनाउनका लागि आफ्नो ठाँउबाट भूमिका खेल्न आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *