तिब्बतसँग जोडिएका कर्णालीका सीमानाका ३० गते रातिसम्म बन्द

सुर्खेत । चीनको तिब्बतसँग जोडिएका कार्णालीका सीमा नाका वैशाख ३० गते रातीसम्म बन्द गरिएको छ ।

भोलि (शुक्रवार) हुने स्थानीय तह निर्वाचन–२०७९ लाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडाईका लागि कर्णाली र तिब्बतसँग जोडिएका सीमा नाका बन्द गरिएको हो ।

चीनको तिब्बतसँग नाका जोडिएका कर्णाली प्रदेशका हुम्ला र डोल्पा जिल्लाका सीमा नाकामा सुरक्षा व्यवस्थालाई कडाई पारिएको हो ।

हिमाली जिल्ला हुम्लामा चीनसँग जोडिएका सीमा नाकाहरू भने पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलले जानकारी दिए ।

उनका अनुसार हुम्लाको नाम्खा गाउँपालिकामा पर्ने हिल्सा नाकालाई तिब्बतसँग जोडिएको ठूलो नाकाको रूपमा लिइन्छ । उक्त नाका मंगलबार मौन अवधि सुरु भएदेखि बन्द गरिएको छ ।

यस्तै, पौडेलले वैशाख २१ गते नै सीमा नाका बन्द गर्ने निर्णय भएको बताए । हिल्सा बाहेक हुम्ला जिल्लाका अन्य लिमी लाप्चा, दोजाङ, नेप्का लगायतका साना खुला सीमाहरूमा पनि सुरक्षा व्यवस्थालाई कडाई गरिएको अधिकारीहरूले बताएका छन् ।

यस्तै, डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले डोल्पा र तिब्बतसँग जोडिएको तितर नाका कोभिडको समयदेखिनै आवजजावतमा पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए ।

अधिकारीले भने, ‘हिजो आज सिमा नाकामा रहेका सुरक्षा अधिकारीहरूसँग कुनै सम्पर्क हुन सकिरहेको छैन् । यद्यपि त्यहाँ यसअघिदेखिनै कडा सेक्युरेटी प्रदान गरिएको अवस्था रहेको छ भने तितर नाकासहित खुला सीमा नाका क्याटो र मरिममा पनि सुरक्षामा कडाई गरिएको छ ।’

यस्तै, कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको बइई नाकालाई पनि निगरानी गरिएको सुर्खेत प्रशासनले जनाएको छ ।

कर्णालीको भारतसँग जोडिएको सीमा नाका छैन् । कर्णालीको दक्षिणतर्फ सीमामा पर्ने लुम्बिनी प्रदेशका बाँके र बर्दियासँग भारतको सीमाना जोडिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *