उम्मेदवारी रद्द हुनुपर्ने रिटमाथि सर्वाेच्चले दिएन अन्तरिम आदेश

विराटनगर । विरानगर महानगरपालिकाको एमालेको तर्फबाट उपमेयरको उम्मेदवार भएकी शिल्पा निराला कार्की माथिको मुद्दामा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने निर्णय दिएको छ ।

जनता समाजवादी पार्टीका उपमेयरका प्रत्याशी उम्मेदवार अमरेन्द्र यादवले लाभको पदमा रहेर राजिनामा नदिई मनोनयन दर्ता गराएकोमा निर्वाचन आयोगले दिएको आदेशमा चित्त नबुझेपछि उनी सर्वाेच्च अदालत पुगेका थिए । उनले कार्कीको उम्मेदवारी रद्द हुनु पर्ने समेत माग गरेका थिए ।

उनले दायर गरेको उत्प्रेषणको मुद्दाको सुनुवाई गर्दै सर्वाेच्चले निवेदकले अन्तरिम आदेश जारी गरिपाउँ भनि दिएको निवेदनमा अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको हो । ‘शिल्पा निराला कार्कीले बैशाख ९ गते कोशी अस्पताल विकास समिति गठन आदेश २०७६को दफा ६ (१)(क) बमोजिम आफ्नो पदबाट दिएको राजिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष बैशाख ११ गते दर्ता गराएको भन्ने छ, आदेशमा भनिएको छ, विपक्षी शिल्पा निराला कार्कीले आफु बहाल रहेको पदबाट राजिनामा दिई बैशाख १२ गते मनोनयन पत्र दर्ता गराएको भन्ने खुल्न आएको छ।’

मनोनयन पत्र दर्ता गराउँदा निजले राजिनामा दिई आफ्नो जिम्मेवारीबाट हटेको भन्ने स्थिती रहेको र निवेदनमा उल्लेखित कानुनी प्रश्न र ब्याख्या सम्बन्धमा अन्तिम निर्णय हुँदाको बखत निरूपण हुने प्रकृतिको देखिँदा हालको प्रारम्भिक अबस्थामा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी हुन सक्ने अबस्थाको विद्यमानता रहेको नदेखिँदा अन्तरिम आदेश जारी गर्नु परेन, सर्वाेच्चको आदेशमा भनिएको छ।
सर्वाेच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त ईजलाशले अन्तरिम आदेश जारी गरिरहनु नपर्ने भनको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *