निर्वाचनकाे पूर्वसन्ध्यामा सुनसान बने उपत्यकाका सडक (तस्वीरसहित)

काठमाडाैँ । भाेलि हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफ्नाे घरतिर लागेपछि राजधानीकाे सडकहरू सुनसान भएका छन् ।

स्थानीय सरकारको रूपमा चिनिएको ‘स्थानीय तह’को हरेक पाँच वर्षमा आउने निर्वाचनमा मताधिकारको सदुपयोग गर्न मतदाता आफ्नो नामावली भएको स्थानमा केन्द्रीकृत भएसँगै सडक सुनसान भएका हुन् ।

काठमाडौँ उपत्यकालगायत मुलुकका मुख्य सहरबाट मतदाताहरू आफ्नो स्थानमा केन्द्रित भएका हुन् । काम विशेषले गाउँ छाडेका धेरै मतदाता गाउँफर्किसकेका छन् ।

याेसँगै काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै भएका छन् । उपत्यका भित्रिने सवारी प्राय छैनज् भने बाहिरिने सवारी साधनको चाप अझै देखिएको छ । मतदाताहरू काठमाडौँको कलङ्की, बालाजु, कोटेश्वर, बल्खु, गौशालालगायत विभिन्न नाकाबाट गाउँ फर्किने क्रम जारी रहेको छ । आज मात्रै सवारी चल्ने भएकाले पनि यसअघि जान नपाएका यात्रु आज राति अबेरसम्म भए पनि गाउँ फर्किँदै छन् ।

उपत्यकाभित्र पनि न्यून मात्रामा सवारीसाधन सञ्चालन छ । अघिपछि जाम हुने थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, गौशाला, कलङ्कीलगायतका चोक प्रायः खुला जस्तै रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *