राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पर्वतबाट मतदान गर्ने

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकाबाट मतदान गर्ने भएका छन्।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलका अनुसार अध्यक्ष तिमिल्सिनाले आफ्नो गृहजिल्ला पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ राम्जास्थित पशुपति माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्नेछन्। स्थानीय तहको निर्वाचनअन्तर्गत् भोलि शुक्रबार मतदान हुँदैछ।

स्थानीय तहको निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले भने निर्वाचनमा मतदान नगर्ने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *