मौन अवधिमा भोट माग्न हिँडेको आरोपमा माओवादी र जसपा उम्मेदवारलाई अवरोध
२०७९ वैशाख २९ गते

पोखरा । गोरखाको गोरखा नगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दिएका नेताहरूले मौन अवधिमा भोट माग्न गाउँ पसेको आरोपमा कांग्रेस कार्यकर्ताहरूले रोकेका छन् ।
गोरखामा माओवादी र जसपाको तालमेल छ । मेयरका उम्मेदवार कृष्ण राना र उपमेयरका उम्मेदवार जसपाका नारायण खत्रीलाई विरेन्चोकबाट फर्काइएको हो । उनीहरू ग ३ च १८६४ नम्बरको गाडी चढेर हिँडेका थिए । फेला पर्नुअघि उनीहरूले तीनघरेमा सार्वजनिक कार्यक्रम गरेर फर्किएका थिए ।
गाडी रोकेपछि मेयरका उम्मेदवार भने भागेको बताइएको छ । उनीहरूको साथबाट चुनावी पर्चा, झण्डा र स्पिकर फेला परेको थियो । प्रहरीले गाडीलाई केहीबेर नियन्त्रणमा लिएर छोडेको जनाएको छ ।
२०७९ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित









