कैलालीबाट छुटेको बस डोटीमा दुर्घटना, ३० जना घाइते

डोटी । कैलालीबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ ।

मालिका यातायातको सु.प.प्र. ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान ५ः४५ बजेको समयमा डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा परेर बसमा सवार ३० जना घाइते भएका छन् । त्यसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको डोटी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको छ भने सामान्य घाइतेहरूको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *