साहित्यकार पोखरेलको स्मृतिमा विराटनगरमा कविगोष्ठी

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा विराटनगरमा कवि गोष्ठी गरिएको छ । साहित्यकार कविराज पोखरेलको स्मृतिमा कविगोष्ठी र श्रद्धासुमन कार्यक्रम आयोजना गरिएको थियो ।

विराटनगरमा रहेको हिमाल दर्शन कलेजमा आयोजित कार्यक्रममा साहित्यकार कविराज पोखरेलले नेपाली गजल, कविता र खण्डकाव्यमा पु-याएको योगदानको चर्चा गरियो । कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ दधिराज सुवेदीले पोखरेलको गजल लेखनमा छुट्टै पहिचान स्थापित भएको उल्लेख गरे । उनले विराटनगरमा बसेर काठमाडौँलाई चुनौती दिन सक्ने क्षमता साहित्यकार पोखरेलमा रहेको उल्लेख गरे ।

अग्रज साहित्यकार बलराम पोखरेलले आफ्ना गहकिलो कृतिमार्फत कविराज पोखरेल नेपाली साहित्यकाशमा बाँचिरहने चर्चा गरे । प्राज्ञ गंगा सुवेदीले सरल स्वभावका पोखरेलका सिर्जना अत्यन्तै शक्तिशाली हुने गरेको उल्लेख गरिन् ।

कार्यक्रममा प्रा.डा. मेदिनीप्रसाद शर्मा, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, उपाध्यक्ष भूषण ढुंगेल, सचिव गोकुल अधिकारी, कवि भेषराज पोखरेललगायतले साहित्यकार पोखरेलले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरे । सोही अवसरमा आयोजित कवि गोष्ठीमा सुमन पोखरेल, मञ्जुश्री गिरी, ममता मृदुल, प्रमोद ढकाल, रोहिणी रसिक, विनोद विवश, स्वयम्भूनाथ कार्की, राधा भट्टराईलगायतले साहित्यकार पोखरेलको स्मृतिमा कविता वाचन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *