मन्त्रीका नातिसहितको टोलीले एमालेका मोटरसाइकलमा आगजनीको प्रयास

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री हिमबहादुर शाहीका अन्दाजी २३ वर्षीय नातीसहितको टोलीले एमालेले पार्किङ्ग गरि राखेको मोटरसाइकलमा आगजनी लगाउने प्रयास गरेका छन् ।

उनीहरुले दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ पुनडाँडामा एमालेले पार्किङ्ग गरि राखेको मोटरसाइकलमा आगजनी लगाउन प्रयास गरेको एमालेले जनाएको छ ।

एमाले नगरकमिटी अध्यक्ष रङ्गबहादुर तामाङ्गले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त घटना घटेको बताएका छन् । उक्त विज्ञप्तिमा लेखिएको छ, ‘बुधबार बिहान साढे ३ बजेको समयमा चामुण्डाबिन्द्रासैनी–२ पुनडाँडामा रहेको देविराम वि।कको घरमा पार्किङ्ग गरी राखिएका मोटरसाइकमा कर्णाली प्रदेश ००१ प ४०३४, ०२–००१ प ९९६६, ०२–००२ प ३७७३, २–०३३०१९ प ७५५४ र देविरामको बा ४४ प १०७५ नम्बरको मोटरसाइकका पाटपूर्जा काटेर आगजनी गर्ने क्रममा घर धनिले थाहा पाउँदा फरार भएका छन् ।’

यस्तै, उक्त विज्ञप्तिमा कानून मन्त्री हिमबहादुर शाहीको नाती चामुण्डाबिन्द्रासैनी–४ का अन्दाजी २३ वर्षीय सन्देश शाही, २४ वर्षीय भूवन शाही, २४ वर्षीय किरण शाही, चामुण्डा–५ का २१ वर्षीय अशोक शाही र चामुण्डा–३ का २७ वर्षीय सुनिल शाहीले मोटरसाइकमा आगजनी गर्न खोजेको उल्लेख गरिएको छ ।

यस्तै, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट कानून मन्त्रीका छोरा गणेशकुमार शाही उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *