सुर्खेतको सिम्तामा दुई दलका कार्यकर्ताबीच झडप

सुर्खेत । सुर्खेतको पूवी सिम्ता गाउँपालिकामा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडप हुँदा दुई एमाले कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मंगलबार राती १० बजेको सयमा सिम्ता गाउँपालिका–६ मा दुई पार्टीका कार्यकर्ताहरूबीच झडप भएको थियो ।

झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका छन् भने उनीहरुको अहिले नेपालगन्जमा उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले प्रहरीले झडपमा एमालेका धेरै उग्र भएर प्रहरीतर्फ आक्रमण गर्दा चार प्रहरी र दुई कार्यकर्ता सामान्य घाइते भएका जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *