कांग्रेसलाई भोट नदिनू भन्ने भूमि आयोगका केन्द्रीय अध्यक्षलगायतलाई सचेत गराउन माग

काठमाडौँ । नेपाली कांग्रेस कानेपोखरी गाउँपालिकाले पार्टीलाई भोट नगर्नू भन्ने पार्टी सदस्यहरूलाई सचेत गराइदिन माग गर्दै केन्द्रीय समितिलाई पत्र लेखेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई लेखिएको उक्त पत्रमा पार्टी सदस्यहरू जयराज संयोग, केशव निरौला, मदन सेडाइलाई सचेत गराउन माग गरिएको हो ।

कांग्रेस कानेपोखरीले पालिकाका अध्यक्ष उम्मेदवार संजय भट्टराईको निवेदनका आधारमा पार्टी केन्द्रीय सभापतिलाई पत्र लेखेको हो ।

पत्रमा भनिएको छ, ‘हाम्रो पार्टीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार श्री संजय भट्टराईले गाउँ कार्यसमितिमा दिएको निवेदनअनुसार अध्यक्ष पदका उम्मेदवारलाई मत नहाल्नुरनदिनु भनी गैरजिम्मेवारीपूर्ण कार्य गर्दै खुलेआम हिँडेका उनीहरूलाई पार्टीको विधान र नीतिअनुसार उक्त कार्य नगर्न निर्देशन गरिदिनु हुन जानकारी साथ अनुरोध गरिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =